नेभिगेशन
समाचार

एक्सपर्ट कप फुटबल आईतबार               

 कोम खत्री 

सिड्नी । तामाङ रीक्रेएसन क्लबको आयोजनामा यही आउदो जनवरी २६ आइतबार सीडनीमा एक्सपर्ट कप फुटबल प्रतीयोगिताको आयोजना हुने भएको छ । सीडनीका १६ टीमको सहभागिता  रहने फुटबल प्रतीयोगिताको बीजेताले नगद सहीत ट्रफी हात पार्ने कुरा आयोजक क्लबका अध्यक्ष ज्ञानक वाइवाले जानकारी गराए । लीग कम क्वार्टर फाईनलको ढाँचामा  खेलाईने प्रतियोगितामा  वेब्स एभीन्यु खेल मैदान अर्वनमा आयोजना हुने छ । प्रतियोगितामा माछापुच्छ्रे फुटबल क्लब, अर्वन नेप्लीज एफसी ,वेस्ट युनाईटेड र टीआरसीसी रेड समुह ए मा रहेका छन । यस्तै समुह बी मा ब्वाईज युनाईटेड ,एफसी डाँफै, हन्सबी फुटबल क्लब  र सेन्ट जोर्ज एफसी सामेल भएका छन । समुह सीमा भने लुम्बीनी , पारापार्क , रकडेल ब्वाईज, फेवा एफसी भीडने भएका छन । सहभागी टीलीमा दी रीयल म्याग्दी , राईजीड गोर्खा , एचवाईसी र आयोजक  टीआरसीसी रेड समुह डी मा अटाएका छन ।  प्रतीयोगिताबारे जानकारी दीने उदेस्यका साथ आयोजना गरीएको कार्यक्रममा प्रायोजक एक्सपर्टका पारामाटा साखाका ब्यबस्थापक प्रबीण सर्माले खेलकुद अनुशासन र स्वास्थका लागि पनि महत्वपुर्ण माध्यम भएकाले यस्ता खेलहरुलाई बढावा दीन एक्सपर्ट सधै अगाडी रहेको बताए । कार्यक्रममा ड्र गर्दै समुह बीभाजन गरीएको थियो । कार्यक्रममा सहभागी अतीथी नवाजका अध्यक्ष चीरन तीवारीले सहभागी टोलीहरुलाई सफलताको शुभकामना दीदै  यस्ता प्रतियोगीताहरुले आपसी सदभाव र एकाकार गर्न मद्दत पुग्ने बताए । क्लबका सचीब बैकुन्ठ डंगोलले प्रतियोगिताका वीजेतालाई चार हजार डलर र उप वीजेतालाई १५ सय डलर नगद र ट्रफीको व्यवस्था गरीएको जानकारी दीए । प्रतीयोगितीको वेस्ट कीपर , प्लेयर र हाईएस्ट स्कोररलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको सचीब डंगोलले जानकारी गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।