नेभिगेशन
नेपाल समाचार

प्रधानमन्त्री सुशिला कार्की र अष्ट्रेलियाली राजदुत लिअन जोनस्टन बीच भेटवार्ता 

काठमाण्डौ ।  नेपालका लागि अष्ट्रेलियाली राजदुत लिअन जोनस्टनले नेपालका प्रधानमन्त्री सुशिला कार्कीसंग सिहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेकी छिन् ।

यहि अक्टोबर १५ तारिख बुधवार भएको सो भेटघाटमा दुई देश बिचको ब्यापार तथा आर्थिक सहयोग र बिकास सहकार्यका बिबिध बिषयमा छलफल भएको थियो । छलफलमा नेपालका लागि अष्ट्रेलियाली राजदुत लिअन जोनस्टनले समावेशी, जवाफदेही र उत्तरदायी शासन र मानव विकासको सशक्तिकरणको लागि अष्ट्रेलियाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

सो अवसरमा नेपाल  र अष्ट्रेलिया बीचको बलियो कुटनैतिक र जनस्तरीय सम्बन्धको बारेमा समेत छलफल भएको जनाईएको छ । 


तस्वीर - काठमाण्डौ स्थित अष्ट्रेलियाली राजदुतावासको फेसबुकबाट साभार ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...