नेभिगेशन
समाचार

सेप्टेम्बर पाँचमा पारमाटा पार्क भरिने                       


 नेपालका चर्चीत गायक शुसान्त केसीसे आगामी सेप्टोम्बरको पहिलो हप्ता सीड्नीमा भब्य कार्यक्रमका बीच आफ्नो  प्रस्तुती दीने भएका छन । टीआरएन अस्ट्रेलियाको प्रस्तुती रहेको यो “पाहुना” सांगितीक साझ पहिलो पटक पारामाटा पार्कमा आयोजना हुन लागेको हो । करीब ८ हजारभन्दा बढि दर्शकको क्षमता रहेको दी क्रेसेन्ट पारामाटा पार्क भारत र युरोपीयन चर्चीत कलाकारहरुको विशेष प्रस्तुती रहने थलोको रुपमा चीनीदै आएको छ । नेपालीपन र नेपालीमन जोड्ने थलोको  रुपमा यस पटक नया र बीशाल भेन्युमा कार्यक्रम आयोजना गर्न लागेको आयोजक प्रदीप पाठकले बताए । दर्शकको उपस्थिती र सुसान्त केसीको क्रेजका कारणपनि पारामाटा पार्क रोजीएको पाठकले सुनाए । यस पटक फायर वर्कस्  र  नेपाली पहिचानको नया पाटोपनि कार्यक्रमको वीशेषता रहनेछ । कार्यक्रम सेप्टेम्बर ५ शनिबार हुनेछ । केसीका पाहुना , झ्यालवाट लगायत दर्जनौ हीट गीतहरु  दर्शकको रोजाईमा रहेका छन । सेप्टेम्बर ५ मा आयोजना हुने सीडनी शोको टिकट धमाधम बिक्री भैरहेको र यसपछि अस्ट्रेलियाका बिभिन्न शहरहरुमा समेत उनको प्रर्दशनको कार्यक्रम रहेको आयोजक पाठकले जानकारी गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्