नेभिगेशन
समाचार

जनकपुर बोल्ट्स बन्यो पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन,

सुदूरपश्चिम रोयल्स उपविजेता

काठमाडौँ —सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा प्रतियोगिताकै सबैभन्दा बलियो मानिएको सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो । 
उपाधि जित्दै गर्दा जनकपुरले सुदूरपश्चिम विरूद्धको यसअघिका दुवै हारको पनि बदला लिन सफल   भ्स्यो ।  

बिजेता जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । नेपाली खेलकुदमा प्रदान गरिएको यो सबैभन्दा ठूलो पुरस्कार रकम हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख पाउन सफल भयो  भने आठ फ्रेन्चाइज टिम सहभागी प्रतियोगितामा   ३२ खेल २२ दिन सम्म  चलेको खेलमा तेस्रो भएर कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाए ।  

तेस्तै  सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ हुँदै पुरस्कारका रूपमा ६२  लाखको कार प्राप्त गरे । प्रतियोगिताभरमा सर्वाधिक १७ विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशीले उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कार हात पारे ।

जनकपुरका खेलाडीहरूले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै मैदान परिक्रमा गरेका    थिए भने त्रिवि मैदानमा आतिसबाजी भएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।