नेभिगेशन
समाचार

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

 पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।  यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताउनुभयो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

फिल्मका निर्माता रञ्जित शाहले फिल्मले अष्ट्रेलियामा संघर्षरत नेपाली विध्यार्थीहरुको दुख र संघर्षको कथालाई दर्शकहरुलेमन पराएको बताए ।  अस्ट्रेलिया आउन चाहने विद्यार्थीले एकपटक यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए ...