नेभिगेशन
LEADING_MAIN

मेलबर्नमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई सम्मान 

नेपालको प्रेस र प्रवास विषयमा अन्तरक्रिया सम्पन्न  


 मेलबर्न । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई अष्ट्रेलियाको मेलबर्नमा सम्मान गरिएको छ । अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) को आयोजनामा ३० अक्टोबर शुक्रबार  भिक्टोरियाका विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा आयोजित कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपालको प्रेस स्वतन्त्रता, पत्रकारिताको अवस्था र प्रवासमा रहेका नेपालीका मुद्दाबारे अन्तरक्रियासमेत गरिएको थियो ।

दिदीबहिनी वुमन्स नेटवर्ककी मिडिया संयोजक आश्मा चालिसेले शर्माको नेतृत्व र लैंगिक समानताका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनको सफलता नेपाली महिलाका लागि प्रेरणादायी रहेको बताइन् ।IMG_7793-1793651024.jpeg

नेपाली एसोसिएसन अफ भिक्टोरियाकी उपाध्यक्ष सरोजा श्रेष्ठले प्रवासी नेपालीका समस्या र मुद्दालाई सम्बोधन गर्न नेपाली सञ्चारमाध्यमले पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका सचिव सुधीर शाक्यले प्रविधिमा आएको परिवर्तनसँगै पत्रकारिताले पनि आफूलाई समयानुकूल बनाउनुपर्ने बताए ।

भिक्टोरियाका लागि नेपालका पूर्वअवैतनिक वाणिज्यदूत निराजन गौलीले सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्री नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताए । एन्जाका संरक्षक चिरञ्जीवी देवकोटाले नेपाली पत्रकारिता राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने र महासंघले संस्थागत शुद्धीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले नेपालमा प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्था बलियो भए पनि सरकारी गतिविधिका कारण चुनौती कायमै रहेको बताइन् । प्रवासमा पाएको सम्मानले थप जिम्मेवारीबोध गराएको उल्लेख गर्दै उनले प्रवासी नेपालीका मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

निजी भ्रमणका लागि अष्ट्रेलिया आएकी शर्मा पहिलोपटक मेलबर्न पुगेकी हुन् । कार्यक्रममा सञ्चारकर्मी, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।