सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) ले नेपाल पत्रकार महासंघका पूर्वसभापति (२०४९-२०५१ ) एबम् वरिष्ठ पत्रकार तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय होमनाथ दाहालको जनवरी १० तारिख शनिवार काठमाण्डौमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्जाले आज एक शोक बिज्ञप्ति जारिगर्दै स्वर्गीय दाहालले नेपालको प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जीवनभर निर्भीक र निष्ठापूर्वक योगदान पुर्याएको उल्लेख गरेको छ । बिज्ञप्तिमा भनिएको छ - कठिन राजनीतिक परिस्थितिमा समेत सत्य, निष्पक्षता र जनउत्तरदायित्वलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर दाहालले देखाउनुभएको नेतृत्व नेपाली पत्रकारिता इतिहासमा सदैव स्मरणीय रहने र नेपाली पत्रकारितालाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउने अभियानका एक अग्रज व्यक्तित्वको रुपमा नेपाली प्रेस जगतले सम्झिरहने छ ।

नेपाल पत्रकार महासंघको नेतृत्व सम्हाल्दा दाहालले संस्थागत सुदृढीकरण, पत्रकारको हकहित संरक्षण तथा प्रेस स्वतन्त्रताको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । उहाँको योगदानले आजको पुस्ताका पत्रकारहरूलाई समेत पेशागत मूल्य र जिम्मेवारीप्रति प्रतिबद्ध रहन प्रेरणा प्रदान गरेको छ ।
बिज्ञप्तिमा दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, सिद्धान्तनिष्ठ र प्रेरणादायी व्यक्तित्व गुमाएको उल्लेख गर्दै स्वर्गीय होमनाथ दाहालप्रति गहिरो सम्मान प्रकटगर्दै उहाँको परिवारजन, आफन्तहरुप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँले नेपाली पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको अमूल्य योगदान सदैव स्मरणीय रहने एञ्जाले विश्वास व्यक्त गरेको छ ।