नेभिगेशन
समाचार

एनआरएन नागरिकता कागजमै सिमित बन्नु दुर्भाग्यपुर्ण : उपाध्यक्ष शेरचन

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोबिन शेरचनले संविधान अनुरुप गैरआवासीय नेपाली नागरिकता पाए पनि योकागजको खोस्टो बन्न पुगेको गुनासो गरेका छन् । गैरआवासीय नेपाली संघको एकतापछि  संघका उपाध्यक्षशेरचनले गैरआवासीय नेपाली नागरिकता देशमा नचल्दा गैरआवासीय नेपालीले आर्थिक कारोबार गर्न नपाएको गुनासो ब्यक्तगरे ।

उनले गैरआवासीय नेपालीले नागरिकता लिएरपनि सम्पती किनबेच र जग्गाजमिन पासलगायतका अधिकारवाट बन्चितहुनुपरेको सुनाए । शेरचनले प्रवासी नेपालीहरुलाई मुलुकसँग जोडने सवालमा राज्य गम्भीर भएर समस्याको समाधान गर्नसरकारसँग आग्रह समेत गरे ।IMG_1952-1767937466.jpeg

वर्तमान सरकारले सानोतिनो निर्देशिका परिवर्तन गरेर संयुक्त लगानीको वातावरण बनाउनु पर्नेमा जोड दिदै संविधानानुसारगैरआवासीय नेपाली नागरिकतालाई अधिकार सम्पन्न बनाउने तर्फ राज्यले ध्यान दिनुपर्ने कुरामा जोड दिए । 

पछिल्ला केहि वर्षमा देखिएका बिवाद र बिभाजनले गैरआवासीय नेपाली संघको मुल  मुद्दा नै कमजोर बनेको उनको भनाइथियो ।

विभाजनका चार वर्षमा संस्थाले ठूलो समस्या भोगेको बताउदै अहिले सबैको अस्तित्व स्वीकार गरी एकता भएकोमा खुसीब्यक्त गरे । आगामी दिनमा अब संस्था विभाजन नहुने संकल्पका साथ साथीहरु बिच तन र मन सीलाएका छौ र राज्यले पनिअब कानुनी व्यवस्था गरेर समानान्तर बन्न नसक्ने व्यबस्था गर्न शेरचनले मागसमेत गरे । नागरिकता बोकेर अध्यागमनमा भिषालिनुपर्ने बाध्यताले हामीलाई लाजमर्दो बनाएका छौ, अबको पहिलो काम भनेकै एनआरएन नागरिकतालाई अधिकार सम्पन्नबनाउन लागि पर्नु हो । 

उपाध्यक्ष शेरचनले एउटै उद्देस्य बोकेको संस्था र समाजबिच आपसी फुट आउनु दुर्भाग्यपुर्ण भएको बताउदै ढिलोचाडो भएपनिसबै साथीहरुमा चेत खुलेकोमा त्यसको प्रशंसा गरे । 

अब हामी यसको पुरानो शाख र प्रभावलाई बिस्तार गर्ने कार्यमा अगाडि बढनुपर्ने बेला आएको छ । चुनाबको तिथि मिती पनितोकिसकिएको छ , यसलाई सफल बनाएर सबैको अपनत्व कायम गर्ने कुरामा हामी सबै लाग्नुपर्ने बेला हो यो , शेरचनले भने।शेरचन यस पटक अध्यक्षका प्रबल दाबेदार प्रत्यासीका रुपमा देखिएका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीडनीमा भब्य बन्यो तमु ल्होसार

सीडनीमा भब्य बन्यो तमु ल्होसार

ओसेनिया संयोजकमा ठाकुरको दाबेदारी

ओसेनिया संयोजकमा ठाकुरको दाबेदारी

एनआरएनको मुल मुद्दाका रुपमा रहेको एक पटकको नेपाली सधैको नेपाली भन्ने आवाजलाई बुलन्द पार्ने र एउटै छाताभित्र मौलाएको मनमुटाबको प्रवृतीको अन्त र एकाकारको भावनालाई अगाडि बढाउन मेरो उमेदबारी...
बालेन्द्र र रबिबिच सहमति 

बालेन्द्र र रबिबिच सहमति