नेभिगेशन
समाचार

ओसेनिया संयोजकमा ठाकुरको दाबेदारी


बृहत एकतापछि एनआरएनको निर्वाचन नजिकिदैजादा संसारभर उमेदबारीको आकंक्षीहरु अगाडी देखिन थालेका छन । अध्यक्ष पदमा जापानका व्यबशायी तथा उपाध्यक्ष रोबिन शेरचन, बेलायतका प्राध्यापक हेमराज शर्मा र अमेरिकाका डाक्टर केशव पौडेलको नाम चर्चामा आइरहँदा ओसेनिया क्षेत्रवाट संयोजकमा हालका उपसंयोजक अरुण ठाकुरले आफनो दाबेदारी प्रस्तुत गरेका छन । सीडनीमा बसेर आफ्नै व्यबशाय गर्दै आएका ठाकुरले एकतापछि संस्थालाई बलियो बनाएर लैजाने र एकताको सुत्रमा बाध्न आफनो उमेदबारी रहने बताएका छन । 
यसअघि पनि ओसेनिया क्षेत्रको संयोजकका दाबेदार अरुण ठाकुरले साथीभाइको आग्रहमा उपसंयोजकमा चित्त बुझाएका थिए । यसअघि साथीभाइले यस पटक छाडिदिनुस अर्का पटक सहयोग गरुला भन्नु भएको थियो,त्यसैले मैले उहाहरुको सुझाब मानेर चित्त बुझाए । यस पटक मेरो संयोजकको उमेदबारी पक्का पक्की छ , ठाकुरले भने । 
एनआरएनको मुल मुद्दाका रुपमा रहेको एक पटकको नेपाली सधैको नेपाली भन्ने आवाजलाई बुलन्द पार्ने र एउटै छाताभित्र मौलाएको मनमुटाबको प्रवृतीको अन्त र एकाकारको भावनालाई अगाडि बढाउन मेरो उमेदबारी रहनेछ । 
एनआरएनमा लामो समयदेखि आवद्ध ठाकुर पेशाले इन्जिनियर हुन । सरल र सहज ब्यक्तीत्वका रुपमा चिनिएका अरुण ठाकुर यस पटक ओसेनियाका साझा उमेदबारका रुपमा रहने आइसीसी सदस्य राजेश केसी बताउछन । ओसेनिया क्षेत्रमा संस्थागत एकताको भावनालाई बलियो बनाउन पनि अहिले एनआरएनमा ठाकुरको आवश्यकता रहेको केसीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्