नेभिगेशन
समाचार

“सक्सेस"को सफलतामा आदर्शको इमानदारीता

"

नाम आर्दश कामपनि त्यस्तै गर्छन । पेशामा इमान र बोलीमा जमान भएन भने जो कोहि पनि एउटै पेशामा लामो समय टिक्न सक्दैन भन्ने उनको ठम्माइ छ । अस्ट्रेलियाको शैक्षिक क्षेत्र फराकिलो बन्दैजाँदा राजधानी क्यानबेरालाई कर्मथलो बनाउने उनि पहिलो नेपाली एजुकेशन एन्ड माइग्रेशन एजेन्ट बन्न पुगे । नाम आर्दशजंग पाण्डे अनि उनको व्यबशायको नाम सक्सेस अर्थात सफलता । सफलताका लागि मिहिनेतको आवश्यकता पर्दछ र उनि त्यसैले सबैलाइ

हौस्याउछन र भन्छन आएको कम्तीमा पनि पाँच बर्षमा स्थायीत्वको वाटो रोज्नुपर्छ भनेर । दश बर्षको व्यबशायीक जिवनमा आर्दशले करिब अठार हजार विध्यार्थीको प्रवेशाज्ञाको काम फत्ते गरेर आफुलाई यसक्षेत्रको सफल माइग्रेशन एजेन्टका रुपमा प्रमाणिकरण गरिसकेका छन । 

सीडनी, ब्रिसबेन र मेलवर्नजस्ता ठुला शहरवाट केहि पर सरकारी कार्यालय केन्द्रित शान्त राजधानी क्यानबेरा उनको कर्मथलो बन्नुपछाडीको कहानी पनि रमाइलै छ । सन २००८ मा अस्ट्रृलियाको मेलवर्नमा एकाउन्टिङमा ब्याचलर गर्न आएका आर्दशले लीटिल एन्जल्सवाट स्कुल शिक्षा र भारतको केरलावाट प्लस टु गरेका थिए । जतिबेला अस्ट्रेलिया आर्थिक मन्दीवाट गुज्रीरहेको थियो त्यसबेला काम कोठा पढाइ र बसाइ सहज थिएन पनि । जसोतसो काम र दामको जोहो गर्दै आर्दशले ब्याचलर सके । त्यसपछि उनले मेलवर्नमै रहेर मास्टर्स डिग्री पनि अगाडि बढाए । त्यतिबेलाको असहज परिस्थीतीमा स्थायित्वको लागि रिसर्चगर्दै जादाँ क्यानबेरा नजिककै क्वीनवीन उपयुक्त ठहरियो र उनि मेलवर्नवाट क्यानबेरा झरे । प्रारम्भदेखिनै भाषा र खोजिनीतीमा निपुर्ण आर्दशले क्यानबेरामा रहदैगर्दा साथीभाइको शैक्षिक गतिविधिमा पनि सहयोग गर्दथे । भिषा आवेदन , शैक्षिक आवेदनजस्ता कार्यहरुमा सहयोगी बन्दैजाँदा आर्दशलाई यो पेशा रोज्न र चुनौती खोज्न मन लाग्यो ।फास्ट फुडको चेन रेस्टुरेन्टको क्षेत्रिय व्यवस्थापक बनिसकेका आर्दशले त्यसपछि २०१६ मा क्यानेबरालाई आफनो कर्मथलो बनाउदै शैक्षिक परामर्श ब्यवशाय सुरु गरे । 

नामका बारेमा उनलाई खासै कठिन थिएन, सफलतानै सबैको लक्ष्य हो भन्ने उनको मान्यता बमोजिम उनले आफनो व्यबशायको नाम राखे सक्सेस एजुकेशन एन्ड भिषा सर्भिसेज भनेर । उनि अहिले पनि संझन्छन, क्यानबेरामा नया नेपाली जाने बित्तीकै उनलाई बोलाएर परिचयात्मक कार्यक्रम राखिन्थ्यो र मेरो पालोमा म तिन सय २३ औ नेपालीका रुपमा क्यानबेरा पुगेको थिए । त्यतिबेला कति नेपाली छन भनेर नया आउने बित्तीकै गन्ने चलन रहेछ र २०११मा

म तिन सयको हाराहारीमा नेपाली बसेको पाइयो । तर अहिले बिस हजारको हाराहारीमा नेपाली राजधानी क्यानबेरामा बसोबास गर्छन । 

आर्दश यो पेशालाई केहि फरक र अलग ढंगले ब्याख्या गर्छन । पेशालाई मर्यादित बनाउने काम तपाइ हाम्रो हो तर हामीलाई अस्ट्रेलियामा राज्य र सम्वन्धित निकायले निगरानी गरेको छ र हामी पेशामा इमानदार बनेका छौ । जहा राज्यको कमजोर निगरानी हुन्छ त्यहा यो पेशालाई कमाउ खेतीका रुपमा लिइन्छ । आदर्श भन्छन, पेशामा व्यबशायीक दक्षताको प्रमाणपत्र र सरकारी अध्याविधिको लेखाजोखा हुनु जरुरी हुन्छ । हावा तालमा आफु खुसी मनलाग्दी

अनि लाइसेन्स बिनानै दिइने सल्लाह र सुझाब खतरनाक साबित हुनसक्छन । हामी हाम्रा सबै साखामा आधिकारीक माइग्रेशन एजेन्ट मार्फत मात्र सल्लाह सुझाब र कार्यविधि अगाडि बढाउने काम गर्छौ त्यसैले पनि सक्सेस  नेपाली तथा दक्षिण एशियाली विध्यार्थीको नजरमा अझसम्म अब्बल सावित भएको छ । 

क्यानेबरावाट प्रारम्भ भएको सक्सेसको यात्रा यतिबेला भारत, भियतनाम, मंगोलिया र फीलिपीन्स हुदै नेपाल र अस्ट्रेलियाका ६वटा शहरहरुमा फैलिसकेका छन । सहि सल्लाह र सुझाब अनि शैक्षिक रोजाइ अहिलेका पेशाका आधारभुत बिषय हुन । के पढने, कस्तो शिक्षा रोज्ने अनि कुन वाटो रोज्ने भन्ने बिषयमा जानकार नहुँदा धेरै भाइ बहिनीहरुले दुख पाएको उनको अनुभव छ । नेपालवाट कता कमिशन बढि आउछ, एजेन्टको रोजाइ को पर्छ त्यतै विध्यार्थि ठेल्ने कुराले

पनि यता आएर धेरै अप्ठ्यारोमा परेको आदर्शको अनुभव छ । जो आए पनि एकाउन्टिङ, आइटी, नर्सीङनै सुनिन्छ तर यहा प्रचुर संभावना रहेका कार्पेन्टर, ब्रिक लेयर,हेयर ड्रेसिङ, बुचरी, वेल्डर अनि कमिटी सर्भिसेजजस्ता कयैन बिषयहरुमा 

नेपाली आएको देखिदैन । यहा आउदैगर्दा यहाको महत्वभित्र परेका बिषयहरुमा अध्यन गर्ने बिषयमा नेपालमा किन चासो देखिदैन । यही हो ब्रेड एन्ड बटरको मर्यादित व्यबशायलाई जब पैसो कमाउने धन्धा बनाइन्छ तबसम्म यस्तैक्रम जारी रहन्छ । 

 महत्वपुर्ण र संवेदनशिल पेशा भएपनि  नेपालमा किन मर्यादित बन्न नसकेको होला भनेर सोध्दा आदर्श भन्छन, भन्छन, नेपालको कुरो गर्ने हो भने कानुनी प्रावधानले पेशालाई वाध्न नसक्दा छाडापन बढेको हो । राज्यले यसलाई  महत्वको बिषय भित्र राखेर मनिटरिङ गर्ने हो भने यो पेशापनि मर्यादित र जिम्मेबार बन्न सक्छ । पेशागत दक्षता नभएका मानिशहरुको बिगबिगी छ नेपालमा । जसका कारण विध्यार्थीहरु समस्यामा परेका देखिन्छन । यहा मारा लाइसेन्स

प्राप्त एजेन्टले कुनै गलत सल्लाह दियो र विध्यार्थी समस्यामा परयो भने उजुरी गरेको खन्डमा लाइसेन्स रद्द हुन्छ तर नेपालमा सरकारमै दर्ता नभइ हजारौको संख्यामा एजुकेशन कन्सलटेन्सी चलिरहेका छन । नेपालमा यो पेशा चाडै पैशा कमाउने धन्धा भयो त्यसैले पनि पेशाप्रतीको सम्मानमा कमी आएको हो । 

 

झम्सीखेल थात थलो भएको आर्दश देखेको कुरा बोल्न हिचकिचाउदैनन, उनि भन्छन जे हो त्यही भन्नुपर्छ । ढाटेर , ठगेर कहिलेसम्म यो पेशामा बिक्न सकिएला तर टिक्न सकिदैन । काम गरेपछि माम पनि पाइन्छ , स्वच्छ प्रतिस्पर्धा  भयो भने मात्र व्यबशायीकस्तर कायम हुन्छ । म पहिलो भनेर बसेको भए क्यानबेरामा सक्सेस मर्यादित बन्न सक्दैनथ्यो,अहिले कयैन नया परामर्शदाता आइसकेका छन , सबैलाई मैले हार्दिक स्वागत गरेको छु , आर्दश भन्छन ।

गलत प्रतिस्पर्धा र कमिशनको होडबाजीले केहि हदसम्म यो पेशालाई गाँजेको छ, यो राम्रो हुदै होइन । 

श्रीमती सृजना बस्नेत पाण्डे, छोरी अदभिता पाण्डे र छोरा सहर्षजंग पाण्डेसँंगै अस्ट्रेलियाको राजधानी क्यानेबरामा रमाइरहेका आर्दशका केहि कुरा नेपाली अभिभावकले पनि सुन्नुपर्ने छ । पहिला अभिभावकले बुझेर, खाजेर र अनि रोजेर छोरा छोरी बिदेश पढन पठाउथे तर अहिले उल्टो भएको छ । बिदेश पढन छोरा छोरीले खोजेर बाबुआमालाई डोरयाइरहेका छन, जुन कुराले निक्कै प्रभाव पारेको छ । सस्तो बेसाहा पेट लागि मर भनेझै कमिशनको चक्करमा विध्यार्थीको 

नम्बर भर्ने  नेपालका एजेन्टहरुवाट बच्नुपर्ने आदर्शको ठम्माई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्