क्यानबेरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको आयोजनामा तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सह–आयोजनामा २१२औं भानु जयन्तीको अवसरमा यहि जुलाई ११ तारिख विशेष साहित्यिक साँझ भव्य रूपमा सम्पन्न भयो ।

गुन्गह्लिन स्थित द चिम्नी रेष्टुरेण्टमा आयोजित सो कार्यक्रममा करिब २० साहित्य प्रेमीहरूले आ–आफ्ना साहित्यिक सृजनाहरु प्रस्तुत गरे । साहित्यिक सृजनाहरुको प्रस्तुतिले नेपाली भाषा, प्रवासी अनुभव, संस्कृतिप्रतिको माया र समसामयिक भावनालाई जीवन्त बनाएका थिए ।

अष्ट्रेलियाको लागि नेपालका राजदुत चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी र राहुल अर्यालले आआफ्नो विशेष साहित्यिक रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता अनेसास क्यानबेराकी उपाध्यक्ष महत्ता घिमिरे चापागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नयाँ पुस्ताबाट मनश्वी चापागाईंले आफ्ना हजुरबुवा, कवि स्वर्गीय भवानी घिमिरेको कविता बाचन गरेकी थिईन् ।

सो अवसरमा अनेसास क्यानबेरा च्याप्टरको संस्थापक अध्यक्ष सकुन्तला देवकोटाले महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको जानकारी गराईन । सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा काशि भुसाल, महासचिवमा गोमा उप्रेती, सचिवमा आस्मा बुढाथोकीर कोषाध्यक्षमा कमला गिरी रहेका छन् त्यसैगरी सदस्यहरूमा मनोज रेग्मी, शान्ती ढकाल, तुल्सा पाण्डे, बिक्रम शर्मा, प्रकाश सापकोटा, सबिना भट्ट लाई चयन गरिएको छ ।
सो कार्यक्रममा तुलसा पाण्डे ,रामेश्वर पौडेल ,सुलभ दंगाल मनोज रेग्मी ,गोमा उप्रेती ,रामचन्द्र घिमिरे ,शान्ति ढकाल ,मदन राज सिग्देल ,अशोक ढकाल ,यज्ञ अधिकारी लगायतका सर्जकहरुले आ आफ्नो रचनाहरु बाचन गरेका थिए ।