नेभिगेशन
समाचार

सेन्ट जोर्जले जित्यो सहारा कप

सहारा कलब अस्ट्रेलियाको आयोजनामा सन्चालन भैरहेको सहारा कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लबले आफनो पोल्टामा पारेको छ । लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको फाइनलमा दी राइजीङ गोर्खाज(टीआरजी) क्लबलाई १-०को अन्तरले हराउदै सेन्ट जोर्जले रनिङ शिल्ड हात पारेको हो ।
दोस्रो हाफको सुरुआतसँगै केहि आक्रमण बनेको सेन्ट जोर्जको शुसान्त कुवरले निर्णायक गोल गर्दै उपाधि क्लबको नाममा लेखाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको आठौ मिनेटमा दी राइजिङ गोर्खाजका स्ट्राइकरले वन भर्सेज वन गोल मिस गरेपछि टीआरजीले अग्रता गुमाएको थियो । मध्यान्तर अगाडि दुबै टिमले गोल गर्ने केहि सुनौला अवसर गुमाएका थिए ।
मध्यान्तरपछिको खेल केहि रफ एन्ड टफ हुन पुग्यो । दुबै टोलीका खेलाडीले पडकाएर खेल्ने शैली अपनाएपछि टीआरजीको आपसी सन्तुलन बिग्रन पुगेको थियो । यसै अवसरको फाइदा लुटदै सेन्ट जोर्जले मिस पासलाई ट्याकल गर्दै निर्णायक गोल गरेको थियो ।
खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता शुसान्त कुवर घोषित भए भने टीआरजीका प्रवेश रन्जित म्यान अफ दी सिरिज चुनिए ।
यस्तै फाइनल अगावै सहारा अस्ट्रेलियाका संस्थापक राजमान थकालीको स्मृतीमा आयोजित मैत्रिपुर्ण फुटबल खेलमा सहारा अस्ट्रेलियाले नेप्लीज ठन्डर्सलाई ३-२ले पराजित गरेको थियो ।
सीडनीका फुटबलका पहिलो पुस्ता सम्मीलीत मैत्रिपुर्ण खेलमा एन्फा अस्ट्रेलियाका पदाधिकारी मैदानमा उत्रेका थिए । सहाराको कप्तानी एनआरएन अस्ट्रेलियाका सचिब कल्याण खड्काले गरेका थिए भने ठन्डर्सको कप्तानी कपील खत्रीले गरेका थिए । सहाराको तर्फवाट सुमितकाजी श्रेष्ठले एक गोल र प्रनिशले दुइ गोल गरेका थिए । थन्डर्सकोतर्फवाट दिनेश अमात्य र बिनम हाडाले एक एक गोल गरे ।
प्रतियागिताका विजेता खेलाडीलाई एन्फा अस्ट्रेलियाका अध्यक्ष बिजय राउत, पुर्व अध्यक्ष विजेन बटाजु, सहारा अस्ट्रेलियाका अध्यक्ष सीद्धार्थ पौडेल, एनआरएन अस्ट्रेलियाका सचिब कल्याण खड्का ,शैक्षिक व्यबशायी राम श्रेष्ठ, तमु समाज अस्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ,सहाराका इश्वर पहारी, एनआरएनका पुर्व अध्यक्ष नन्द गुरुङलगायतले खेलाडीहरुलाई ट्रफी नगद तथा प्रमाणपत्र बितरण गरेका थिए । विजेता टोलीले रनिङ शिल्ड सहित तिन हजार अस्ट्रेलियन डलर र उप विजेताले एक हजार डलर नगद प्रदान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्