नेभिगेशन
समाचार

राष्ट्रबैंकको अनुमती प्राप्त युनाइेटड पे रेमिट अस्ट्रेलिया आयो


अस्ट्रेलियामा हुन्डीको बिगबिगी भैरहेको अवस्थामा राष्ट्रबैंकसँ. स्वीकृती लिएर अस्ट्रेलियावाट नेपाल सुरक्षीत तबरले पैसा पठाउने अभियान प्रारम्भ हुन थालेको छ । यसै क्रममा नेपाल राष्ट्रबैंकमा दर्ता भएर अस्ट्रेलियावाट पैसा पठाउने अनुमती पाएको गुडविल रेमिट प्राली अन्र्तगतको युनाइटेड पे रेमिटले अस्ट्रेलियावाट आफ्नो सेवा प्रारम्भ गर्ने भएको छ ।
अस्ट्रेलियामा लगभग तिन लाख नेपाली बसोबास गर्दै आएको र त्यसमध्येपनि ८० हजारको हाराहारीमा नेपाली विध्यार्थी अध्यनरत रहेको अवस्थामा दिनहुँ करौडौ रुपैया नेपाल जाने गर्दछ । तर त्यसमध्ये नगन्य प्रतिशत मात्र राष्ट्रबैंकको मातहतमा रहेर नेपाल पुग्ने गर्दछ भने अरु सबै हुन्डी मार्फत नेपाल पुग्ने गर्दछ । यसरी नेपाल सरकार अन्तगर्त राष्ट्र बैंकको सम्वन्धन लिएर बजारमा आएको युनाइटेड पे रेमिटले आउदो आइतबारदेखि आधिकारीक रुपमा आफ्नो सेवा सन्चालन गर्न लागेको हो । युनाइटेड पे रेमिटको आधिकारीक सुरुआतका लागि शनिबार यसका ब्रान्ड एम्बेसडर क्याप्टेन विजय लामा सीडनी आइपुग्ने युनाइटेड पे रेमिट अस्ट्रेलियाका प्रमुख शुसील पोखरेलले जानकारी गराए ।
हुन्डीको जालोले बेरिएको अस्ट्रेलियामा सरकारी वाटो भएर नेपाल पैसा पठाउने यस्ता रेमिटहरुको टड्कारो आवश्यकता रहेको बेला युनाइटेडले आफनो बजार बिस्तार गर्नेक्रममा अस्ट्रेलियालाई प्राथमिकतामा राख्दै कार्यालय खोलेको पोखरेलले बताए । हाम्रो उद्देस्य भनेको यहावाट पठाइने मिहिनेतको कमाइ नेपाल पुग्दा गलत वाटोवाट नभित्रियोस भन्ने हो,यसमा अस्ट्रेलियाबासी नेपालीहरुले सहयोग गर्नु हुने बिश्वास लिएको छु ,शुसिलले बताए । नेपाल बाहेक युएइवाट पनि आफनो सेवा दिदै आएको युनाइटेड पे रेमिटले सीडनीमा आफनो मुख्य कार्यालय सन्चालनमा ल्याएको छ । हामी बिस्तारै अस्ट्रेलियाको सबै शहरमा पुग्ने तयारीमा छौ, पोखरेलले भने ।
युनाइटेड पे रेमिट नेपालको बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका पुर्व बैकर्स देभेस भट्टराई र व्यबशायी अमत शाहको संयुक्त साझेदारीमा अगाडि बढेको व्यबशाय हो । अस्ट्रेलियामा मिहिनेत गरेर हुन्डीवाट पठाइएको पैसा नेपालको बैंकमा एकाएक लाखौमा जम्मा हुदैगर्दा सम्पती शुद्धीकरणले समेत खोजी निती गर्दै कारबाहीको दायरामा ल्याइरहेको छ । यतावाट मिहिनेत गरेर पठाइएको पैसा नेपालमा जम्मा हुदैगर्दा त्यसको श्रोत देखाउन नसक्दा परिबार समेत कानुनी झमेलामा फस्ने गरेका छन । यस्तो अवस्थामा राज्यको कानुनी वाटो अपनाएर पैसा पठाउने यस्ता रेमिटहरुको टडकारो आवश्यकता रहेको सीडनीका युवा व्यबशायी राजेश केसी बताउछन । युनाइेटड पे रेमिटले विध्यार्थीहरु भिषा रद्दहुँंदाको अवस्थामा फर्काउनु पर्ने शैक्षिक शुल्कको रकमको पनि नेपाल पठाउने व्यबस्थापन गर्ने अनुमती प्राप्त गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्