नेभिगेशन
समाचार

होवार्टमा नेपाल महोत्सवको चहल पहल

होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव

 

अस्ट्रेलिया महादेश भित्रपनि छुट्टै टापुका रुपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी tasman-1742373616.jpg
आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ । 
स्थायित्वको सवालमा केहि लचिलो भएका कारण पनि यतिबेला दश हजार भन्दा बढि नेपाली तास्मािनया राज्यमा बसोबास गर्दै आएका छन । यसै भिडमा नेपालीभाषी भुटानीको संख्यापनि जोडीदा तास्मानिया राज्यको चलनचल्तीको दोस्रो भाषा समेत नेपाली बन्न पुगेको छ । 
अस्ट्रेलियामा नेपाल चिनाउने मेलामा रुपमा परिचय पाएको नेपाल महोत्सव हरेक राज्यमा आयोजना हुदैगर्दा मार्च महिनाको अन्तिम शनिबार तास्मानियामा भब्य र सभ्य रुपमा यसको आयोजनाको तयारी भएको एनआरएन तास्मानियाका संयोजक जगदिश खड्काले बताए ।
तास्मानिया राज्यका सबै राजनितीक दलका नेता र राज्य प्रमुखको समेत सहभागिता रहने यस महोत्सव नेपाल चिनाउने अभियानमा भने अरु भन्दा केहि अलग र फरक रहदै आएको खड्का बताउछन । बिशुद्ध तास्मान अस्ट्रेलियनहरुको महत्वपुर्ण सहभागिता रहने यस महोत्सव राज्यको प्राथमिकतामा समेत पर्दै आएको खड्काले सुनाए । नेपालीपन र नेपाली मनको संगममात्र नभइ बिदेशमा मुलक चिनाउने अभियानका रुपमा हामीले यसलाई अगाडि बढाएका छौ,संयोजक खड्काले भने । 
यस पटक महोत्सवमा नेपाली खाना, नेपाली गाना मात्र नभइ कला संस्कृती र मुलुक चिनाउने थुप्रै आकर्षणहरु रहनेछन , हाम्रो उद्देस्य भनेको यस मेलापछि कम्तीमा दश जना भएपनि तास्मानीयावाट अस्ट्रेलियन नेपाल पुगुन भन्ने हो,खड्काले भने । 
होवार्टको केन्द्रबिन्दुमा रहेका पार्लियामेन्ट हाउस लनमा आयोजना हुने महोत्सवको प्रमुख अथितीका रुपमा तास्मानीयाका प्रीमियर जेरेमी रकलीफ रहेका छन भने बिशेष अतिथीमा अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादव रहने भएकी छिन ।यस्तै महोत्सवमा लेबर सांसद एला हेडेड, लिबरल सांसद म्याडेलिन ओगील्भी र ग्रीन पार्टीका सांसद हेलेन बर्नेटको टुंगो लागिसकेको  एनआरएन ताीस्मानियाका उप संयोजक उत्तम अधिकारीले जानकारी दिए । अजी होम लोन एन्ड फाइनान्सको प्रस्तुतीका रुपमा रहेको  महोत्सवलाई  अस्ट्रेलियन फेडरेल गभरमेन्ट, सीटी अफ होर्वाट काउन्सिल र मल्टीकल्चर तास्मानियाले समेत सहयोग गरेको कुरा उप संयोजक अधिकारीले सुनाए । 
महोत्सवमा नेपाली कलाकारहरु कन्दरा ब्यान्ड, समिक्षा अधिकारी, उदेश श्रेष्ठ र युवराज चौलागाइ लगायत रहेका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

कुनै पनि देशको साहित्य, संगीत र कलाले सो देशको सांस्कृतिक समृद्धि झल्काउँछ भने कुनै पनि देशमा खाइने परिकारको विविधताले जीवनस्तरको समृृद्धि केलाउँछ । संसारभर प्राकृतिक सुन्दता, जातीय विविधता...