नेभिगेशन
समाचार

टीआरसी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन्।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गरेका हुन्।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।