नेभिगेशन
समाचार

टीआरसी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन्।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गरेका हुन्।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।