नेभिगेशन
LEADING_MAIN

सिड्नीमा सम्झिए बिपी

सिड्नी । जनसम्पर्क समिती अस्ट्रेलियाले आइतबार एक कार्यक्रमबिच विपी स्मृती दिवसको उपलक्ष्यमा वीपीका आर्दशहरुलाई संझने प्रयास गरेको छ । वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादनै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका बक्ताहरुले सुनाए । हामीहरु त्यस्तो व्यवस्था खडा गर्न चाहन्छौं जसले गरीबको हित गरोस् । नेपाल भन्ने बित्तिकै गरीबको नेपाल हो । त्यो झुपडी र छाप्रोको नेपाल हो । नेपाल ठूला घर, कहल र धनाढ्य मानिसहरुको नेपाल होइन । त्यसैले नेपालमा उन्नति भनेको ठूला ठूला धनीको उन्नति होइन । किसानको उन्नति , मध्यम वर्गको उन्नति, शिक्षक र कर्मचारीको उन्नति ,तथा सुकुम्वासीको उन्नति गर्ने, यो विकास भनेको समाजवादी दृष्टिकोण हो । विपीको यो समाजवादी बिचार वाचन गर्दै प्रारम्भ गरिएको कार्यक्रममा वक्ताहरुले कांग्रेसले आफ्ना मुल्य र मान्यता बिर्सेको कारण धेरै पटक ठक्कर खानु परेकोमा आक्रोस पोखे । नेपाली कांग्रेसले अख्तियार गरेका मूल्य र मान्यताहरुसँगै देशकाल परिस्थिति र सर्वसाधारण समर्थकहरुको भावना र चाहना प्रतिविम्बित हुने गरी कार्यान्वयन गर्दै अगाडि बढेमा मात्र विपीको सच्चा श्रद्धान्जली हुने कुरा कार्यक्रमका प्रमुख अतिथी तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताए । वि।सं। २००३ सालमा देवव्रत परियार संस्थापक सदस्य बनेको अनि २००५सालमा आरबी गहतराज निर्वाचित भएको तथा बि।सं। २००९ मा धनमान सिंह परियारलाई महामन्त्रीमा मनोनित गरेको नेपाली कांग्रेसको इतिहासले बीपीको कुसंस्कार अनि जातीय छुवाछुत विरुद्धको सोच छर्लङ्ग पारेको सिग्देलले बताए । कार्यक्रममा जनसम्पर्क समितीका संरक्षक प्रेम सापकोटाले बीपी बाबुको भनाइ उद्धत गर्दै भन,े किसान भनेको देशका नब्बे प्रतिशत जनता हो र प्रजातन्त्र भनेको त्यही नब्बे प्रतिशत जनता हो ।’ यस्ता बिचार बोकेर कांग्रेसलाई जिवन्तता दिने बीपी पथमा कांग्रेश अगाडि बढन नसक्दा अहिले दख पाउनु परेको छ । बीपीको स्मृती दिवस मनाउदै गर्दा हामीले उहाँंका सिद्धान्तलाई अनुसरण गर्न सक्यौ भने मात्र नेपाली कांग्रेशको सच्चा अनुयाइ हुन सक्ने सापकोटाले बताए । कार्यक्रममा एनआरएनका सदस्य बिवेक थापाले विपीको सच्चा अनुयाइ बन्न समाजवादी बन्नु जरुरी भएको बताए । मुलुकको परिवर्तनसँंगै बिपीको राष्ट्रवाद र समाजवादलाई अगाडि बढाउने नेताको खाँंचो रहेको थापाले औलाए । कार्यक्रममा एनआरएन आइसीसी पुर्व सदस्य निरज श्रेष्ठले सात समन्द्र पारी अस्ट्रेलिया आएर विपी सम्झनु आफैमा गौरवको बिषय भएको बताए । उनले विपीको स्मृती दिवसमा उनका बिचारलाई अगींकार गर्ने प्रण गरेमात्र नेपाली कांग्रेशले सोचे अनुरुप जनतामाझ आफुलाई उभ्याउने बताए । कार्यक्रममा जनसम्पर्क समितीका अध्यक्ष कृष्ण गीरीले विपीको सिद्धान्तलाई ब्यवहारमा लागु गर्न सके उनको सच्चा श्रद्धान्जली हुने कुरा बताए । कार्यक्रममा एनआरएनका सदस्य नन्द गुरुङ , एनआरएन एनएसडब्लुका सल्लाहकार थानु शाक्य , सचिव भुपाल सिटौला , हिरा कडेंल ,भिमराज सुब्बा ,निर्जन चौलागाइ , रोहित खड्का , माधव गैरै लगायतले वीपीको संझनागर्दै उनको पथमा हिड्न सके मात्र कांग्रेश र काग्रेजनको हित हुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।