नेभिगेशन
LEADING_MAIN

एक्सपर्ट एजुकेसन मेलामा विद्यार्थीको सहभागिता उत्साहजनक

सिड्नी । अस्ट्रेलियामा लामो समयदेखि शैक्षिक परामर्श तथा माइग्रेसन सेवा दिदै आएको एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले विद्यार्थीहरुलाई लक्षित गरी जुन २१ तारिकका आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीहरुले उल्लेख्य सहभागिता जनाएका छन् । सो अवसरमा अस्ट्रेलियाका करिब १४ वटा संस्थाहरुका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा आयोजना गरिएको मेलामा विद्यार्थीहरुले अस्ट्रेलियन सरकारको अध्यागमनका नयाँ नीति, आफुले अध्ययन गर्न चाहेका विषयका वारेमा विस्तृत जानकारी, अध्ययन सकेपछिका फाइदा, प्रोफेसनल एयर, पिटीई÷ आइइएलटिएसका विविध विषयमा जानकारी लिएका थिए । Screen Shot 2016-06-22 at 12.24.10 PM एक्सपर्टका निर्देशक संजीव शर्माले मेलामा विद्यार्थीहरुले सम्बन्धित कलेजका प्रतिनिधिबाटै विद्यार्थीहरुलाई द्विविधा लागेको कुरा प्रत्यक्ष राख्ने अवसर पाएको हुँदा विद्यार्थीहरु यस मेलाबाट लाभान्वित भएको बताए । मेलामा एक्सपर्ट एजुकेसनको मेलवर्न, व्रिसवेन र एडिलेड शाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।Screen Shot 2016-06-22 at 12.24.21 PM शैक्षिक मेलामा क्यानवेराबाट आएका विद्यार्थी राजकुमार केसीले आफ्नो पढाई र कोर्षको वारेमा सम्बन्धित कलेजकै प्रतिनिधिसँग जिज्ञासा राख्न पाउँदा खुसी लागेको बताए । त्यस्तै एक्सपर्टका निर्देशक बद्री अर्यालले मेला सफल रुपमा सम्पन्न भएको प्रतिकृया दिए । उनले भने– हाम्रो उद्धेश्य भनेको विद्यार्थीहरुले सहि सुचना पाउन् भन्ने नै हो । विद्यार्थीहरुले सम्बन्धित कलेजबाटै फस्ट हेण्ड इन्फरमेसन पाएका कारण सहभागी विद्यार्थीहरुमा थप उत्साह जागेको अनुभव आफुले पाएको बताए । एक्सपर्टले विद्यार्थीहरुलाई लक्षित गरी वर्षमा दुई पटक यस्ता बृहत्तर शैक्षिक मेलाको आयोजना गर्दै आएको जानकारी शर्माले दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।