नेभिगेशन
LEADING_MAIN

राइट एण्ड एसोसियट्सको मेलवर्नमा शाखा विस्तार

अष्ट्रेलिया । विगत लामो समयदेखि नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको राइट एण्ड एशोसिएट्सले आफ्ना सेवाग्राहीहरुको सुविधाको लागि मेलबर्नमा शाखा खोलेको छ । मेलबर्नमा खोलिएको शाखाको भिक्टोरियाका लागि नेपाल्ऽी अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एक समारोहका बीच उद्घाटन गरे । स्थानीय लिटिल कोलिन स्ट्रीटमा अवस्थित कार्यालयको शुभारम्भ कार्यक्रममा बोल््दै महावाणिज्यदूत योञ्जनले नेपाली समूदायका साथै अष्ट्रेलियामा रहेका अन्य समूदायसम्म आफ्नो सेवा विस्तार गर्नुपर्ने बताए । योन्जनले एउटा संख्या थप्ने काम भन्दा गुणस्तरमा जोड दिन अनुरोध गरे । कार्यक्रममा बोल््दै अष्ट्रेलियामा कार्यरत नेपाली एजुकेशन एजेन्टहरुको संस्था एक्काका उपाध्यक्ष महेश भण्डारीले थोरै नाफामा धेरै सेवा दिँदा पनि आफुहरुप्रतिको धारणा सकारात्मक हुन नसकेको अनुभव बताउँदैं क्वान्टिटी भन्दा क्वाल्ऽिटी सेवामा सबैल्ऽे केन्द्रित बन्नुपर्ने धारणा राखे । कार्यक्रममा सेतोपाटीका अष्ट्रेलिया व्यूरो संयोजक हेमन्त काफ्ले, एमएनटीभीका समाचार प्रमुख चिरञ्जीवी देवकोटा, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, नारकोशी वेव पोर्टलका खेम शर्मा, समाजका अगुवा दुर्गा आचार्य लगायतले सफलताको शुभकामना दिए । कार्यक्रममा निर्देशकहरु परशुराम अधिकारी र बाल भट्टराईले काडमाडौं,चितवन, सिड्नी हुँदै मेलबर्नसम्मको १६ वर्षको यात्रामा सही सूचना र भरपर्दो सेवालाई सधैं आफुहरुले पहिलो प्राथमिकतामा राख्ने बताए । वन स्टप सोलुशनको नारालाई अघि बढाउँदै शैक्षिक परामर्शका साथै एकाउन्ट, होम लोनका साथै अन्य वित्तिय सेवा पनि मेलबर्न शाखाले प्रदान गर्ने निर्देशकद्वयले बताए । यसका लागि चार्टड एकाउन्टेन्ट राजेश आचार्यको लोटस स्मार्ट एकाउन्टसँग सहकार्य गरिने भएको छ । राइट एशोसिएट्सको मेलबर्न शाखा प्रमुख जिम्मेवारीमा सुरेश क्षेत्री रहेका छन् । (
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।