नेभिगेशन
LEADING_MAIN

नवनिर्वाचितलाई जनसम्पर्क समिती अष्ट्रेलियाको बधाइ ज्ञापन

सिड्नी । नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेशको १३ ओ महाधिबेशनवाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ ज्ञापन गरेको छ । जन सम्पर्क समितीका तर्फवाट पहिलो बधाइ कार्यक्रम आयोजना गर्दै सीड्नीमा बक्ताहरुले एकता र भातृत्व अनि मुलुकको बिकाश तथा बिस्तार कांग्रेशको पहिलो प्राथमकिता रहनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एकतामा बल भएकोले अस्ट्रेलियामा छरिएर र छरपष्ट भएका कांग्रेजीजनलाई एउटै मालमा उनिएर अगाडि बढ्नुपर्ने बेला आएको बताए । उनले नव निर्वाचीत नेपाली कांग्रेशका पदाधिकारीलाई बधाइ दिदै जित र हार स्वभाविक प्रकृया भएकोले सबैलाई एक बनाएर लानुपर्ने कुरामा जोड दिए । सिग्देलले एनआरएन अस्ट्रेलियाको अध्यक्षको हैसियतले कतिपय कार्यक्रममा जाांदा साथीभाइबिचको एकता बिग्रीएको देख्दा चित्त दुखेको बताए । 12901459_10153887602411413_7160412769222795463_o कार्यक्रममा एनआरएन ओसीनिया संयोजक महेन्द्र लम्सालले प्रजातन्त्रमा आस्था राख्ने समुहबिच एकताको खाचाँे रहेको औल्याए । जन सम्र्पक समीती अस्ट्रेलियाका संरक्षक प्रेम सापकोटाले निती भन्दा नेता ठुलो भएको कारण संगठन बिग्रेकोमा चिन्ता ब्यक्त गरे । पार्टीको बिभाग र संस्थागत निर्णइ भन्दा ब्यक्ती र हठ ठुलो भएकोले अस्ट्रेलियामा प्रजातन्त्रबादीबिच फाटो आएको बताए । सापकोटाले कांग्रेशी बिच नेता भन्दा धुपौरेले बिभाजनका रेखा कोरेको बताए । बिदेश आउँंदा बिमानस्थल चाकडी गरेर ढोके हुक्के बैठकेहरुले आस्थावानलाई पाखा लगाएको उनले सुनाए । कार्यक्रममा जनसम्पर्क समितीका अध्यक्ष कृष्ण गीरीले यो सबैको साझा संस्था भएकोले सबैलाई अटाउने र समेटने अनि मेरो होइन हाम्रो बनाउने प्रयासमा आफुहरु लाग्ने बताए । पछिल्लो समयमा आर्थिक रुपमा बिवादित भएकाले यस पटक देखि सबैखाले निर्णय र हर हिसाब पारदर्शी रुपमा सार्वजनिक गरिने समेत उनले बताए । पार्टीले आधिकारीक रुपमा यस कार्यसमीतीलाई पत्राचार गरेको कारण अस्ट्रेलियामा अब कुनै बिवाद नरहेको उनले बताए । कार्यक्रममा नेपाली समुदायका अगुवा तथा आइसीसी सदस्य बालचन्द्र भट्टराइ ,चितवन समाजका अध्यक्ष बुद्धी डल्लाकोटी , एनआरएनका सल्लाहकार डिल्ली ढकाल , एनआरएनका पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ ,जनसम्पर्क समिती अस्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, उपाध्यक्ष मधुकर गुरुङ , महामन्त्री किरण बराल लगायतले शुभकामना ब्यक्त गरेका थिए । जन सम्पर्क समिती अस्ट्रेलियामा बिवाद देखिएपछि नेपाली कांग्रेशले गीरीको निर्वाचित समितीलाई मान्यता दिएको थियो । यता शेखर कोइरालाले भने ब्यक्तीगत लेटरप्याडमा अर्को निर्णय पठाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।