नेभिगेशन
अन्य

कांग्रेस सभापतिमा देउवा निर्वाचित

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् । सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो । महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो । १० औं र १२ आंै महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए । सुशील कोइरालाको निधनसँगै मुलुकको ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ । ०५३ मा नवौ महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो । १३ औं महाधिवेशनबाट पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर आएको छ । २०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने २०५८ साउनमा संसदीय दलको नेताबाहेक पटक–पटक हारेको इतिहास यसपटक तोडेका छन् । ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन् । त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिएका हुन् । तीन जना उम्मेदवार भएकाले पहिलो चरणमा ५० प्रतिशन नकटाए दोस्रो चरणमा दुई बढी मत ल्याउनेबीच पुन: निर्वाचन गराउने प्रावधान विधान छ । त्यसैले दोस्रो चरणको चुनावमा पहिलो र दोस्रो स्थान हासिल गरेका देउवा र पौडलबीच प्रतिस्पर्धा भएको हो । तेस्रो स्थान हासिल गरेका नेता सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । उनले ल्याएको र बदर मत समेतका कारणले परिणाम अनिर्णीत भएको थियो । त्यसैले पहिलो चरणमा देउवालाई जित्नका लागि ११ मत पुगेको थिएन । दोस्रो चरणको निर्वाचनमा सिटौलालाई देउवा र पौडेल दुबैले आफ्नो पक्षमा तान्ने कोसिस गरेका थिए । उनले आफ्नै ‘राजनीतिक गुरु’ गिरिजाप्रसाद कोइरालासँग १० औं महधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेपनि पराजित भए । त्यतिबेला उनले ५ सय ७ मत ल्याएर पार्टीभित्रै गिरिजाप्रसाद कोइराला विरोधी खेमाको नेतृत्व सम्हाले । कोइरालाको काम गर्ने शैलीमा असहमति जनाउँदै त्यसपछि देउवा कृष्णप्रसाद भट्टराईको पक्षमा उभिन पुगेका थिए । उनका समकालिन अर्थात सभापतिका प्रतिस्पर्धी रामचन्द्र पौडेलका राजनीतिक गुरु भने कृष्णप्रसाद भट्टराई नै थिए । तर, देउवा दसौं महाधिवेशनपछि गणेशमान सिंह र भट्टराई समूहको विरासत सम्हाल्न पुगेपछि पौडेल कोइराला क्याम्पमा पुगेका हुन् । २०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने पटक-पटक हारेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै