नेभिगेशन
नेपाल समाचार

सिड्नीमा कोइरालाको श्रद्धान्जली सभा

सिड्नी । नेपाली कांग्रेशका सभापती एवं पूर्व प्रधानमन्त्री शुसील कोइरालाको असमायिक निधन भएकोमा सिड्नीका युवाहरुले उनलाई श्रद्धान्जलीसभाको आयोजना गरेर संझीए । स्थानिय रकडेलका स्थानिय युवा जमात रकडेल ब्वाइजले ११ तारिख फेब्रुअरी बिहिवारका दिन श्रद्धान्जली सभाको आयोजना गर्दै नेपालको नया संविधानका पीतामहका रुपमा रहेका कोइरालाप्रती सम्मान अपर्ण गर्नु सबै नेपालीको कर्तब्य रहेको जनाएको छ । कर्यक्रममा जन सम्पर्क समिती अस्ट्रेलियाका प्रेम सापकोटाले नेपाली राजनीतिमा सरल र सादा जीवनका पर्यायका रुपमै रहेका नेपाली कांग्रेसका सभापती शुसिल कोइरालाको निधनले मर्माहत भएको बताृउ । कार्यकर्ताहरुले प्रिय रुपमा बोलाउने उनै शुसिल दाको गत मंगलवार कोइराला निवास महाराजगञ्जमा निधन भएपछि पार्टी अभिभावक बिहिन बनेको समेत सापकोटाले बताए । आसन्न १३ औ महाधिवेशनकै सम्मुखमा कोइरालाको निधनले काँग्रेसजन अचानक शोकमा परेको र सुदृढीकरणको महाअभियानलाई अगाडी बढाउँदै काँग्रेस पार्टीलाई देशकै नेतृत्वदायी पार्टी बनाइराख्न सके कोइरालाप्रति काँग्रेसजनको सच्चा श्रद्धाञ्जली हुने सापकोटाले बताए ।12696258_1146769162007780_1268660994_n कार्यक्रममा सामाकिज अभियन्ता मन केसी र एनआरएनका उपाध्यक्ष दिनेश पोखरेलले स्वर्गिाय कोइरालाको सादगी जिवन र सच्चा राष्ट्रप्रेमको कदर सबैले गर्नु पर्ने बताए । यस्तै स्थानिय अभिभावक र युवाहरुको सहभागिता रहेको श्रद्धान्जलीसभामा आयोजक रकडेल ब्वाइजका किरण बराल , शितल गिरी, जनसम्पर्क समितीका पदाधिकारीहरु सुरेश गुरुङ , अर्जुन केसी ,एनआरएन एनएसडब्लुका सल्लाहकार थानु शाक्य, एनआरएनका सह सचिव भिष्म भण्डारी ,सदस्य राजकुमार अधिकारी , भुपाल सिटौलालगायतले कोइरालाको फोटोमा माल्यापर्ण गरेर श्रद्धान्जली अपर्ण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।