नेभिगेशन
अन्य

करोडौंका विदेशी मुद्रा बोरामा

काठमाडौं । लुम्बिनीस्थित मायादेवी मन्दिरमा रहेका दानपात्रहरुमा चढाइएका विदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि बोरामा पोको पारेर राखिएको छ । नेपाल राष्ट्र बैंकको असहयोगका कारण सटही नहुँदा यी मुद्रा त्यत्तिकै कुहिने अवस्थामा पुगेका छन् । सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । यीमध्ये तत्काल सटही हुने र नहुनेलाई छुट्याउने गरिएको छ । सटही हुने रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने एनसीसी बैंकमा पठाइन्छ । सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए । राष्ट्र बैंकले खरिद(बिक्री गर्ने मुलुकबाहेकका मुद्रा पनि दानपेटिकामा चढाइन्छ । यी मुद्रा सटही गर्न राष्ट्र बैंकले मात्र सक्छ । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...