नेभिगेशन
अन्य

नेपालमा सबैभन्दा भ्रष्ट नेता र सरकारी कर्मचारी

काठमाडौं । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ। एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो। नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ। अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ। सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए।सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएका छन्। नागरिक दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै