नेभिगेशन
अन्य

मोर्चासँग कांग्रेसको सहयोग अपिल

काठमाडौं । कांग्रेसका तराई–मधेसका सांसद र केन्द्रीय सदस्यले महाधिवेशन नबिथोल्न आन्दोलनरत मधेसी मोर्चाका नेता तथा कार्यकर्तासँग अपिल गरेका छन् । दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य र सांसदहरूको सोमबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्ने संवैधानिक हक र अधिकार रहेको उल्लेख गर्दै मोर्चाका नेताहरूसँग सद्भाव र सहयोगको आग्रह गरेका हुन् । कतिपय जिल्लामा आन्दोलनरत दलले अधिवेशन गर्न नदिने भनी दिएको चेतावनीतर्फ संकेत गर्दै कांग्रेसको सोमबारै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पनि आन्दोलनरत दलहरूसँग सहयोगको अपिल गरेको छ । अधिवेशनका लागि सहज वातावरण बनाउन कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि, आनन्द ढुंगाना, फरमुल्ला मन्सुर र पद्मनारायण चौधरीले मंगलबार मोर्चाका नेताहरूसँग छलफल गर्ने भएका छन् । छलफलपछि २ नम्बर प्रदेशका कांग्रेस सांसद र केन्द्रीय सदस्यको बैठक मंगलबार पुनस् बस्ने सांसद रामकृष्ण यादवले बताए । तराई–मधेसका सांसदले पार्टी अधिवेशनमा जाने नेता तथा कार्यकर्ताको सुरक्षा प्रत्याभूति दिन पनि आग्रह गरेका छन् । २ नम्बर प्रदेशका ८ जिल्लाका नेतृत्वपंक्तिलाई क्रियाशीलतापूर्वक लाग्न आग्रह गर्दै निर्धारित मितिमा अधिवेशन सम्पन्न गराउनका लागि वातावरण बनाउन बैठकले आग्रह गरेको छ । संविधान संशोधनलाई स्वागत गर्दै उनीहरूले सीमांकन, नागरिकतालगायत मुद्दामा गम्भीरतापूर्वक छलफल गरी संवादबाटै निकास निकाल्नसमेत माग गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । जततउस्ररदष्त।थिरज्ञएहmखछए
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै