नेभिगेशन
अन्य

निगमले जहाज किन्न माग्यो ३७ अर्ब

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तराष्ट्रिय उडानका निम्ति चारवटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ। निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन सचिव दिनेशकुमार थपलियाले जानकारी दिए। उनका अनुसार निगमले तयार पारेको तीन वर्षे सुधार कार्ययोजनाअनुसार जहाज खरिद पहिलो प्राथमिकतामा छ। निगमले तीन वर्षभित्रमा नै दुईवटा वाइडबडी खरिद गर्ने निर्णय एक साताअघिको निगम सञ्चालक समितिको बैठकबाट गरिसकेको छ। यो निर्णयले निगमले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक हुँदै अर्थमा पेस गरेको छ। अर्थको सहमति पाएपछि यो प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...