नेभिगेशन
अन्य

मधेसी मोर्चा नाका अबरोध फिर्ता लिन दबाबमा

काठमाडौं । संविधानप्रति असहमति राख्दै आन्दोलनरत मधेसी मोर्चा संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन दबाबमा परेको छ। साउन ३१ देखि मधेस हड्ताल थालेको मोर्चाले असोज ६ देखि जारी नेपाल–भारत सीमा नाका धर्ना दिंदै आएको छ। आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका ४ मुख्य मागमध्ये संविधान संशोधनबाट दुईटाको सम्बोधन भए पनि चार घटक संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तमसपा मधेसमा दुई प्रदेश हुनेगरी प्रदेशको सीमांकन हेरफेर हुनुपर्ने अडानमै छन्। कांग्रेस–एमाले र एमाओवादीले मोर्चाले माग्दै आएको समानुपातिक प्रतिनिधित्वको प्रणाली र जनसंख्याका आधारमा चुनाव क्षेत्र निर्धारण गर्न संविधान संशोधनसहित पारित गरे पनि मोर्चाका ३४ सांसदको संसद–अवरोध र नाराबाजी यथावत् रह्यो। मोर्चा नेताहरुले आन्दोलन नटुंगिने जिकिर गरेका छन्, तर औपचारिक संयुक्त निर्णय लिइएको छैन। कान्तिपुर दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...