नेभिगेशन
अन्य

केरा खेतीबाट लाखौ रुपैयाँ आम्दानी

काठमाडौं । बाँकेको महादेवपुरी ओभरीका लक्ष्मीप्रकाश केसीले व्यवसायिक केरा खेतीबाट लाखौँ कमाउँदै आएका छन्। लक्ष्मीप्रकाशले दुई वर्षअघि मात्र जिल्लामा कृषि कार्यालय बाँकेबाट मल, बीउ ल्याएर केरा खेती सुरु गरेका थिए। सामान्य आर्थिक अबस्था भएका लक्ष्मीप्रकाशले एक बिघा क्षेत्रफलमा केराका १६ सय ५० बिरुवा लगाएका छन्। उनले जमिन भाडामा लिएर केरा खेती गरिरहेका छन्। लक्ष्मीप्रकाश व्यवसायिक केरा खेती गरेको धेरै नभए पनि साढे ४ लाख रुपैयाँ पहिलो पटक नै आम्दानी गर्न सफल भएको बताउँछन्। बर्षमा दुई पटक केरा उत्पादन हुन्छ। दुई पटकको आम्दानीले वार्षिक ९ लाखसम आम्दानी गरेको उनले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...