नेभिगेशन
अन्य

संशोधन विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं । संसदमा दुईदिन देखि जारी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल शुक्रबार सकिएको छ । छलफलमा ४५ जना सांसदहरुले बोलेका छन् । विधेयकमा २४ संशोधन प्रस्ताव परेको छ । छलफलमा संशोधन हाल्ने सांसदहरुपनि सहभागी भए । दफावार छलफल सकिएपछि सभामुख ओनसरी घर्ती मगरले सांसदहरुले बोल्ने क्रम सकिएकाले सम्बन्धित मन्त्रीले शनिबारको बैठकमा त्यस विषयमा जवाफ दिने बताइन । आजको बैठक स्थगित गर्दै सभामुख मगरले संसदको अर्को बैठक भोलि शनिबार अपरान्ह ३ बजे बोलाएकी छन् । मन्त्रीको जवाफपछि भोलिको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रिया बढ्ने छ । दलहरुबीच संशोधन परेका मध्ये कुनैमा सहमति भए त्यो बढ्ने नभए सरकरले पेस गरेको विधेयक जस्ताको त्यस्तै पारित हुने सम्भावना छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...