नेभिगेशन
अन्य

उपाधि जित्ने खेलाडीलाई एन्फाले ५–५ लाख दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बंगबन्धु गोल्डकल्प जितेको नेपाली टिमका सबै खेलाडीलाई ५–५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । टिमका २३ खेलाडी दुई प्रशिक्षक ९बालगोपाल महर्जन र उपेन्द्रमान सिंह० र एक चिकित्सकले ५–५ लाख रुपैयाँ पाउने छन् । एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘२३ वर्षपछिको यो जितले हामी उत्साहीत भएका छौं । खेलाडीले खेल पनि धेरै राम्रो खेले । उनीहरुलाई सम्मान गर्नुपर्छ ।’ यसअघि नै राष्ट्रिय खेलकुद परिषद्ले उपाधि जितेमा टिमका खेलाडीलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...