नेभिगेशन
अन्य

होस्टेलमार्फत मानव तस्करी

काठमाडौं । सप्तरीका सुजन रानाले रुसको राजधानी मस्कोस्थित नेपाली दलालले चलाएको होस्टेलमा एक महिना बिताए। उनले जापान जान ८ लाख रुपैयाँ तिरेका थिए। दलालले भारतको नयाँ दिल्ली हुँदै उनलाई मस्कोस्थित नेपाली दूतावास नजिकको होस्टेलमा पुर्‍याएका हुन्। अन्य दुई जना पनि एक महिना होस्टेलको बसाईपछि जापानको नरिता विमानस्थलमा उत्रिए। विमानस्थलको शौचालयमा भिसालगायत कागजात च्यातेर फाले। तीनै जनाले साथमा रहेको तीन सय डलर पनि शौचालयमै फाले। त्यसपछि पुगे विमानस्थलमा तैनाथ सुरक्षाकर्मीको शरणमा। ‘दलालले जे निर्देशन दिन्थे त्यही गर्थे, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख कृष्णवहादुर रावतसँग सुजनले भने,‘नरिता विमानस्थलका सुरक्षाकर्मीले जेलमा राखे, हाम्रो नरकीय जीवन सुरु भयो।’ मस्को उडाउनुअघि दलालले दिल्लीमै नेपालीले चलाएको होस्टेलमा दुई साता राखेको रावलले बताए। सुजन ४३ दिनमा कारागार बसाईपछि उनी स्वदेश फर्किएका छन्। अन्य १८ दिनअघि नै फिर्ता भएका थिए। हरेक महिना दललाले तस्करीको रुट र विधि परिवर्तन गर्ने गरेको उनले जानकारी दिए। कान्तिपुर दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...