नेभिगेशन
अन्य

कानुन विपरित शान्ति मन्त्री ढकालसँग ५ हजार डलर

काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ। विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १२ को विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने सटही सुविधा र सञ्चित गर्न पाउने अमेरिकी डलरको सीमाभन्दा बढी रकम राखेर ढकालले कानुनको उल्लंघन गरेका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा आफूसित ५ हजार अमेरिकी डलर रहेको उल्लेख गरेका छन्। उनले सम्पत्ति विवरणमा विदेश भ्रमणमा विभिन्न पटक जाँदा सटही गरेको र प्राप्त भएको ५ हजार डलर आफूसँग रहेको उल्लेख गरेका छन्। राष्ट्रबैंकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको परिपत्रमा निजी तथा औपचारिक तवरले विदेश भ्रमणमा जाने व्यक्तिले अर्को भ्रमणमा उपयोग गर्ने गरी १ हजार डलरमात्र आफैंसँग वा बैंक खाता खोली राख्न पाउने उल्लेख छ। कान्तिपुर दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...