नेभिगेशन
अन्य

महानगरपालिकाले वैशाखदेखि फोहोरबाट ग्यास निकाल्ने

काठमाडौं । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको चर्को अभाव भइरहेको बेला काठमाडौं महानगरपालिकाले वैशाखदेखि राजधानीमा फोहोरमैलाबाट ग्यास उत्पादन गर्ने भएको छ । महानगरका अनुसार राजधानीको फोहोरबाट दैनिक ९६ किलो ग्यास उत्पादन हुनेछ । यो ग्यास वडा नम्बर १२ को लगन र ब्रह्मटोल र १९ को कंकेश्वर र दमैटोलका दुई सय ४० घरपरिवारलाई बाँडिने छ । टेकु ट्रान्सफर स्टेसन क्षेत्रमा दैनिक तीन सय मेट्रिकटन जैविक फोहोर मिथानेसन गर्न सक्ने क्षमताको पूर्ण क्रियाशिल उपकरण राखिनेछ । स्टेसनबाट दैनिक दुई सय ४० परिवारलाई पुग्नेगरी ग्यास उत्पादन हुने ‘वेस्ट टु इनर्जी’ परियोजनाका प्रबन्धक प्रकाशचन्द्र झाले जानकारी दिए । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...