नेभिगेशन
अन्य

आन्दोलनका कारण अर्बौंका योजना अलपत्र

काठमाडौं । मधेस आन्दोलन र नाकाबन्दीका कारण वीरगन्वज नगरमा अर्बौको लगानीमा सञ्चालित विकासे योजना अलपत्र परेका छन्। बिरगन्जमा सञ्चालित दुई सय ८० करोड लगानीको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना आन्दोलनका कारण पाँच महिनादेखि अलपत्र परेको हो। मधेसी दलले साउन ३० गतेदेखि आन्दोलन सुरु गरेपछि आयोजनाको काम भदौको पहिलो सातादेखि नै ठप्प भएको हो। आयोजना निर्माणको ठेक्का लिएको कम्पनी कालिका कन्सट्रक्सनका बरिष्ठ परियोजना प्रबन्धक ठाकुर ढकालले आन्दोलन सुरु भएलगत्तै भदौ दुई गतेदेखि आयोजनाको काम रोकिएको बताए। बन्द हडतालका कारण काम रोकिएको उनले बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...