नेभिगेशन
अन्य

नपढेका महिला पनि विदेश जान पाउने

काठमाडौं । अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायतका मुलुक जान पाउने भएका छन् । हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट दुई सय नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय पूर्व श्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् । म्यानपावर एजेन्सीमार्फत ‘हाउस मेड’को माग पहिलोपटक आएको हो । वैदेशिक रोजगार काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले विभागमा पेस भएकामध्ये ५० प्रतिशत मागमा पूर्वश्रमस्वकीृत दिइसकेको बताए । एक लट कामदार पठाइसकेपछि मात्र अर्को लटमा थप पूर्वश्रमस्वकीकृति दिइने उनले बताए । खाडी मुलुक र मलेसियामा कामदारको मासिक पारिश्रमिक दुई सय देखि दुई सय ५० डलर सम्म रहेको छ । कारोवार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...