नेभिगेशन
अन्य

६ वर्षअघि ज्यान गुमाएका पनि कांग्रेसका क्रियाशिल सदस्य

भक्तपुर । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फारम नै नभरेकालाई समेत क्रियाशिल सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ । भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक र धेरै संख्यामा क्रियाशील सदस्यको सूची आएपछि खैलाबैला भएको हो । कांग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले जिल्लाले निर्णय गरेर पठाएको भन्दा धेरै फरक क्रियाशिलहरुको सूची सार्वजनिक भएको बताएको छ । भक्तपुर बालकोट गाविस ९ बस्ने थीरकुमारी काकीको ६ वर्षअघि मृत्यु भएको थियो । तर, कांग्रेसको क्रियाशील सदस्यको सूचीमा उनको नाम परेको छ । ‘थीरकुमारी कार्की त प्रतिनिधि पात्रमात्रै हुन,’ चक्रधरले भने, ‘अन्य पाँच, छजना पनि मरेका व्यक्तिहरुको नाम समेत क्रियाशील सदस्यमा रहेको छ ।’ हाल राप्रपा नेपालको भक्तपुर जिल्ला सचिव रहेका मकुन्द कार्कीको नाम पनि कांग्रेसको क्रियाशील सदस्यमा आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...