नेभिगेशन
अन्य

४ महिनामा झन्डै ११ सयलाई अंगीकृत नागरिकता

काठमाडौं । असोज ३ मा नयाँ संविधान जारी भएपछि एक हजार ७५ जना विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता पाएका छन्। विभिन्न समयमा नेपाली युवासँग विवाह गरेका भारतीय महिलाले नयाँ संविधान जारी भएपछि उक्त संख्यामा अंगीकृत नागरिकता पाएका हुन्। नयाँ संविधानले अंगीकृतनागरिकता विवरणमा अंकुश लगाएको केही मधेसी नेताहरुले आरोप लगाइरहेका बेला गृह मन्त्रालयको तथ्यांकले अंगीकृत नागरिकता वितरण भइरहेको पुष्टि गरेको छ। नेपालको संंविधान २०७२ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने प्रावधान छ। तर संघीय कानुन नबनिसकेको अवस्थामा नागरिकता ऐन २०६३ अनुसार विदेशी महिलाले अंगीकृत नागरिकता पाएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...