नेभिगेशन
अन्य

जागिरको प्रलोभनमा सामूहिक बलात्कार

काठमाडौं । जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक बलात्कारमा परेकी हुन्। २६ पुसमा नयाँ बसपार्कको शुभकामना गेस्ट हाउसमा युवतीको बलात्कार भएको हो। धनगढीकै ४० वर्षीया दुर्गादेवी रतलाले जागिर लगाइदिने भन्दै उनलाई गेस्ट हाउसमा राखेर युवकहरुसँग जबरजस्ती सम्बन्ध राख्न लगाएकी थिइन्। आफूलाई गेस्ट हाउसमा पाँचजनाले बलात्कार गरेको पीडित युवतीले प्रहरी समक्ष बताएकी हुन्। भरतलाले युवतीलाई गत २४ पुसमा काठमाडौं ल्याएकी थिइन्। पहिलो दिन उनी एक्लै गेस्ट हाउसमा बसेकोमा भोलिपल्ट जागिरका लागि कुरा गर्न भन्दै रतलाले शुभकामना गेस्ट हाउस पु¥याएकी थिइन्। गेस्ट हाउसको कोठाभित्र पाँच जना युवक बसिरहेका थिए। युवतीलाई त्यहाँ पुर्‍याएर बाहिरबाट चुकुल लगाइदिएर रतला हिँडेकी थिइन्। प्रहरीले रतलाले ती युवतीलाई जागिरको प्रलोभनमा बेश्यावृत्तिमा लगाउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रतलासहित दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको महिला तथा बालबालिका सेल काठमाडौंकी प्रमुख इन्सपेक्टर पूर्णिमा चन्दले बताइन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै