नेभिगेशन
अन्य

कर्मचारी पन्छाउँदै एनजिओलाई काम दिँदै पुनर्निर्माण प्राधिकरण

काठमाडौं । पुनर्निर्माण प्राधिकरणले सरकारी संयन्त्र र स्रोतसाधन लत्याउँदै भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी कामका लागि सर्भे, निरीक्षण, निर्माण र जनशक्ति व्यवस्थापन जिम्मा गैरसरकारी संस्थालाई दिन सुरु गरेको छ। विभिन्न सरकारी निकायमा उपलब्ध जनशक्ति र स्रोतसाधन बेवास्ता गर्दै प्राधिकरणले पुनर्निमाणको काममा कर्मचारी नियुक्ति, तालिम, व्यवस्थापन लगायत जिम्मा गैरसरकारी संस्थालाई दिन थालेको हो। कामै नगरी चौरमा घाम तापेर जागिर पकाउने प्रवृत्ति निरुत्साहित गरी उनीहरुलाई पर्याप्त काममा लगाउनुको साटो प्राधिकरणले क्षतिग्रस्त घर भवन सर्भे, सामाजिक परिचालक व्यवस्थापन र पुनर्निर्माणको खाका बनाउने लगायत महत्वपूर्ण काम आउट सोर्सिङ मार्फत सुरु गरेको हो। नागरिक दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...