नेभिगेशन
अन्य

अस्ट्रेलियाको रियलस्टेट बिजनेसमा पहिलो नेपाली

सिड्नी । धेरै खाले ब्यापारमा हात हालेर सफलताका कथा लेखाएको नेपाली समाजले पहिलो पटक रियल स्टेट बिजनेशमा भने फड्को मारेको छ । सिड्नीको सेभेनहिल्समा नेपालीको स्वामित्वमा पहिलो पटक वीस रियल स्टेट खोलिएको छ । संभवत यो नै नेपाली समाजको पहिलो रियल स्टेट बिजनेश हो । एउटै छातामुनी घर खरिद बिक्री , लोन र सेल्स एजेन्टको सेवा प्रदान गर्ने उद्देस्यले वीसको स्थापना भएको हो । यसका सन्चालकहरुमा सिताराम घिमिरे,बलदेव राउत,शैलेन्द्र कार्की,बिभुत लुइटेल र सुवोध कार्की रहेका छन । अस्ट्रेलियाको बजारमा थुप्रै खाले सेवाप्रदक बिजेनेशमा नेपालीहरु धेरै अगाडि बढेपनि रियलस्टेटमा भने नेपालीहरुले हात हालेका थिएनन । यो प्रयासले नेपालीहरुलाई नया क्षेत्रमा पनि चिनाउने छ, सन्चालकमध्येका एक सिताराम धिमिरेले बताए । अस्ट्रेलियामा घर भाडामा लाउने अनि घर किनबेचको ब्यवशायलाई निकै महत्वपूर्ण रुपमा हरिन्छ । हाम्रो ब्यापार सेवाप्रद भएकोले नेपाली समाजका लागि पनि यो लाभदायी हुने बिश्वास लिएका छौ, अर्का सन्चालक बलदेश राउतले सुनाए । स्थानिय लेबरका नेता र नेपाली तथा भारतिय उद्यमीको उपस्थीत रहेको उदघाटन कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले नेपाली समाजको फैलिदो समुपस्थीतीले महत्वपुर्ण भुमिकानिर्वाह गरेकोमा खुसी प्रकट गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।