नेभिगेशन
अन्य

पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड भ्रमणमा जाने तयारीमा

काठमाडौं । शाहव‌ंशीय राजाहरुले जनताको इच्छा चाहना र भावनाको कदर गर्ने परम्परालार्इ निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रबासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालार्इ सुम्पेर मैले दरबार छोडेको हुँ। तर सबैले विचार गर्नुपर्ने कुरा के हो की मैले नेपाली घरबार छोडेको छैन। अनि नेपाल र नेपालीको आधार भार पनि परित्याग गरेको छैन, राष्ट्रिय एकता दिवसको दिन देशबासीको नाममा यस्तो सन्देश दिएर चर्चामा आएका पूर्वराजा ज्ञानेन्द्रले थाइल्याण्ड भ्रमण गर्ने तयारी गरेका छन्। करिब एक महिनाअघिदेखि थाइल्यान्ड बस्दै आएकी पूर्वरानी कोमल र आफ्ना अति निकट बालसखा प्रभुशम्शेर जबरा, राजी शाह, कोमलका भाइ उदय शमसेर र बुहारी रोशनी राणासँग घुमघाम गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जान लागेका हुन्। पछिल्लो समयमा देशको अवस्थाबारे चिन्ता जनाउँदै आएका ज्ञानेन्द्रले थाइल्यान्ड बसाइका क्रममा विभिन्न राजनीतिज्ञसँग भेटवार्ता गर्ने बताइएको छ। भेटवार्ता थाइल्यान्डका राजनीतिज्ञ नभई भारतीयसँग हुने स्रोतले बताएको छ। भ्रमण गोप्य राखिएको र ज्ञानेन्द्र थाइल्यान्डबाट भारत जाने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ। उनका साथमा बुहारी हिमानी र निजी सचिव सागर तिमिल्सिना पनि जाने सम्भावना रहेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...