नेभिगेशन
अन्य

भारत जाने तयारीमा पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाने भएका छन्। राजस्थानमा आयोजित उक धार्मिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा यादव भारत जान लागेका हुन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको यो पहिलो भ्रमण हुन लागेकको हो। पारिवारिक स्रोतका अनुसार यादव राजस्थान र दिल्लीमा करिब दुई साता रहनेछन्। सुरुमा राजस्थान जाने र फर्किएर दिल्ली बस्ने कार्यक्रम छ। दिल्लीमा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र केही पूर्वराष्ट्रपतिहरुसँग भेटवार्ता गर्ने गरी कार्यक्रम बनिरहेको उनी निकटस्थ स्रोतले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...