नेभिगेशन
अन्य

वीरेन्द्रको बुलेटप्रुफ गाडी अलपत्र

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय परिसरभित्र छ राहदानी विभाग। दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा, जहाँ २०६५ साल जेठसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो। दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ। त्यहाँ केही फोहर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार। दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन पुग्छन्। तर न कसैको ध्यान त्यो कारमा छ न त्यो कारले कसैलाई आकर्षण गर्न।कारका दुवै लुकिङ ग्यास फुटेका छन्। कार धुलाम्य छ। धुलोले कारको वास्तविक रंग कालो हो कि खैरै, छुट्याउन गाह्रो पर्छ। बा १ च १२९४ नम्बरको कारको अठाडिपट्टी नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ मर्सिडिज बेन्ज। वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको। कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन। राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ। नागरिक दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...