नेभिगेशन
अन्य

विराटको पेट्रोल ट्यांकरबाट सोझै जर्किनमा

काठमाडौं । भारतले नाकाबन्दी लगाएपछि अभाव पूर्ति गर्न पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विवादास्पद निजी कम्पनी विराटनगरस्थित विराट पेट्रोलियमले मंगलबार साँझ राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्को मूल्यमा पेट्रोल बिक्री गरेको छ। कुनै कानुनी प्रक्रिया पूरा नगरी, सुरक्षा संवेदनशीलतासमेत नहेरी विराटले डिल्लीबजार, कालिकास्थानस्थित प्रस्तावित नेसनल मेडिकल कलेजको कम्पाउन्डबाट उपभोक्तालाई लाइन राखेर जर्किन, ड्रमलगायत भाँडामा समेत पेट्रोल बेचेको हो । सरकारी नियमअनुसार पेट्रोल आयात गरेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले त्यसको मूल्य निर्धारण गर्छ । त्यसपछि नापतौल तथा गुणस्तर नियन्त्रण विभागले तेलको गुणस्तर परीक्षण गरी प्रमाणपत्र दिन्छ । अनि मात्र बेचबिखन गर्न पाइन्छ । त्यो पनि पेट्रोल बिक्री पम्पबाटै गर्नुपर्छ, पिउने पानी बाँडेजसरी खुलमखुला बाँड्दा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भएकाले त्यसरी बेच्न पाइन्न । विराटले यी कुनै प्रक्रिया पूरा गरेको छैन । भारतबाट खरिद गरी ल्याएको पेट्रोल आफुखुसी प्रतिलिटर २ सय २० रुपैयाँसम्म मूल्य तोकेर ट्यांकरबाट सिधै उपभोक्ताका गाडी, मोटरसाइकल, ड्रम र जर्किनमा हालिदिएको छ । भारतीय नम्बर प्लेट डब्लुबी २३ बी ६९९३ को ट्यांकरबाट विराटले मंगलबार साँझ पेट्रोल बिक्री गर्न थालेपछि उपभोक्ताको भिड लागेको थियो । लामो समयदेखि अभाव र कालोबजारी झेलिरहेका उपभोक्तालाई भने कुन गुणस्तरको पेट्रोल, कसरी बिक्री भइरहेको छ भन्ने चासोसम्म थिएन । ‘जुन कम्पनीले पेट्रोलियम पदार्थ नेपाल भित्र्याए पनि हामीलाई जानकारी हुनुपर्छ तर विराटले पेट्रोल ल्याएको हामीलाई कुनै जानकारी छैन,’ वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘हामीलाई लिखित जानकारी भएपछि विभागको रोहबरमा बिक्रीवितरण गर्नुपर्छ ।’ विराटले यी कुनै प्रक्रिया पूरा नगरेकाले गैरकानुनी भएको उनले बताए । महानिर्देशक कोइरालाका अनुसार विराटले कति मूल्यमा भारतबाट तेल ल्याएको हो, त्यसैका आधारमा विभागले मूल्य निर्धारण तथा अनुगमन गर्ने हो । यसैगरी, नापतौल तथा गुणस्तर विभागले पनि विराटले ल्याएको तेलका विषयमा अनभिज्ञता प्रकट गरेको छ । काठमाडौंमा तेल आएपछि विभागका प्राविधिकले गुणस्तर परीक्षण गर्छन् । उनीहरुले तेलको गुणस्तर परीक्षण गरेपछि मात्रै बजारमा तेल बिक्री गर्न पाइन्छ । तर, विराटले दुवै अनुगमनकारी निकायलाई खबरै नगरी राजधानीको कालिकास्थांनबाट खुलेआम बिक्री गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै