नेभिगेशन
अन्य

त्रिविको उच्च शिक्षा अनलाइनबाटै लिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियमित क्याम्पस धाउनुपर्ने परम्परा अन्त्य गर्दै अनलाइनबाट उच्च शिक्षा आर्जन गर्न सकिने व्यवस्था गर्ने भएको छ । विदेशी विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्ययन गराउँदै आए पनि त्रिविका लागि यो नौलो हो । त्रिविको खुला तथा दूर शिक्षा केन्द्रले यसै शैक्षिक सत्रदेखि कम्प्युटर तथा ग्याजेट प्रयोग गरी उच्च शिक्षा आर्जन गर्न पाउने व्यवस्था सुरुू गर्ने भएपछि कामकाजी र नियमित रुपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई निकै सहज हुनेछ । त्रिविले यसैलाई लक्षित गरेर एन्ड्रोइड एप्स पनि बनाउने भएको छ । केन्द्रका निर्देशक प्राध्यापक डाक्टर लेखनाथ शर्माले इन्टरनेट पहुँच भएका उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी अब क्याम्पस गइरहनु नपर्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए । गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...