नेभिगेशन
अन्य

मधेशीका मागका बिषयमा दाहाल र ओलीबीच छलफल

काठमाडौँ । तराई मधेशमा आन्दोलनरत मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा मुख्य सत्तारुढ दल नेकपा एमाले र एमाओवादीका शीर्ष नेताका वीच छलफल हुँदैछ । मधेसवादी दलका नेताहरुले सत्तारुढ दलको आधिकारिक धारणा तय गर्नका लागि दुई दलका बीचमा छलफल हुन लागेको हो । शनिवार साँझ कांग्रेस एमाओवादी र मधेशी मोर्चाबीच भएको छलफलमा सत्तारुढ दलको मधेशी दलहरुले राखेका मागका बिषयमा आधिकारीक धारणा माग भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गर्न लागेका हुन । छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने बताइएको छ । यसअघि शनिवार कांग्रेस, एमाओवादी र मधेसी मोर्चावीच भएको त्रिपक्षीय वार्तामा मधेसी मोर्चाका नेताहरुले सरकारको आधिकारिक धारणा मागेका थिए । प्रधानमन्त्री र एमाओवादी अध्यक्षवीच हुने भेटबार्तामा मधेसी मोर्चाले उठाएको प्रदेशको सिमाकंन, नागरिकताको सवालमा कुराकानी केन्द्रीत हुने जनाइएको छ । मोर्चाले सरकारले एक किसिमको आफ्नो धारणा अगाडि सारेपछिमात्रै छलफल गर्नुको अर्थ रहेको वताउँदै आएको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्नका लागि कांग्रेस र एमाओवादीले गरेको आग्रह मोर्चाले अस्विकार गरेको छ । मोर्चाले संशोधन विधेयकमा प्रदेश सिमाकंनको विषय परिमार्जन गरेर राख्नु पर्ने बताउँदै आएको छ । यसअघि शनिवार बसेको बैठकमा मोर्चाले आफूहरुका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने चेतावनी दिदै आएका छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...