नेभिगेशन
अन्य

संसद बैठकमा पूर्वनिर्धारित कार्यसूचीमै छलफल

काठमाडौ । व्यवस्थापिका संसदको बैठकमा आज पुर्व निर्धारिता कार्यसुचीमा छलफल गर्ने तयारीमा दलहरु जुटेका छन् । संसद बैठक आज मध्यान्ह १२ बजे बस्ने बस्दैछ । बैठकमा पूर्वनिर्धारित कार्यसूचीमै रहेको संविधान संशोधन विधेयकमाथिको छलफललाई आइतवारको बैठकको कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ । यसअघि बसेको तय भएको कार्यसुची रोकेर पुस ८ गते बसेको बैठक मधेसीवादी दलका सांसदहरुको अबरोधका केही समय बसेर स्थगित भएको थियो । सभामुख ओनसरी घर्तीले मधेसवादी दलका सांसदहरुको अबरोधकावीच केही समय बोल्न चाहाने सांसदहरुलाई बोल्न समय दिएका थिइन् । यसैवीच संसद बैठक बस्नु अघि सभामुख ओनसरी घर्तीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने तयारी गरेकी छन् । पूर्वनिर्धारित कार्यसूची संसद बैठकको भएकाले संविधान संशोधन विधेयकमाथिको छलफल कसरी अगाडि बढाउने भन्ने विषयमा प्रमुख सचेतहरुसँग् छलफल गर्न लागेकी हुन् । तर मधेसवादी दलहरुले आफ्ना माग सम्बोधन नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाले उठाएका मधेसका मुद्दा सम्बोधन नभएसम्म संसद बैठक अबरुद्ध पार्ने वताए । उनले माग पूरा नभएसम्म मधेस आन्दोलन पनि नरोकिने र संसद बैठक पनि अबरुद्ध पार्ने स्पष्ट पारेका छन् । कांग्रेस र एमाओवादी सहितको शनिवार साँझ बसेको बैठकमा मधेशी मोर्चाले संसदको बैठक रोक्न माग गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...