नेभिगेशन
अन्य

सरकारले माफी नमागेसम्म सद्भावना वार्तामा नबस्ने

काठमाडौं । प्रहरीले शनिवार दमन गरि आफ्नो पार्टी अध्यक्ष राजेन्द्र महतो सहितका नेता कार्यकर्तालाई घाइते बनाएको भन्दै सो बिषयमा सरकारले माफी नमागे सम्म सद्भावना पार्टीले सरकारसंग वार्तामा नबस्ने जनाएको छ । विराटनगरमा आफ्ना अध्यक्ष राजेन्द्र महतोसहित कार्यकर्तामाथि प्रहरीले गरेको कुटपिटको घटनाबारे सरकारले माफी नमागेसम्म बार्तामा नबस्ने निर्णय गरेको हो । शान्तिपूर्ण धर्नामा बसेका महतो र मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गरेर घाइते बनाएको भन्दै सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने निर्णय गरेको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले जानकारी दिए । कर्णले सरकारले दमन गरेपनि आफूहरुले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने बताए । शनिवार साँझ विराटनगरको सीमा नाका रानी भन्सारमा धर्ना बस्न गएका अध्यक्ष महतोसहित १० जना कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए । सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई प्रहरीले हटाउने क्रममा जबरजस्ती गरेपछि हस्तक्षेप गर्दा महतो घाइते भएका थिए । महतोको टाउको र खुट्टामा चोट लागेको छ । महतोसहित घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । महतोको टाउको र खुट्टामा चोट लागेको छ । यसै विषयमा छलफल गर्न आइतवार दिउँसो मधेसी मोर्चाको बैठक बस्दैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...