नेभिगेशन
अन्य

संविधान संशोधनका विषयमा काँग्रेस र एमाओवादीबीच छलफल

काठमाडौँ । संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एकीकृत नेकपा९माओवादी०बीच छलफल भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका छन् । व्यवस्थापिका–संसद्को बैठक आइतबार बोलाइएको छ । बैठक अगावै एउटा सहमतिमा पुग्ने उद्देश्यका साथ छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनु भएका अध्यक्ष दाहालको सक्रियतामा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयत्न भइरहेको छ । काँग्रेस नेतृत्वको सरकारले सदनमा पेस गरेको संशोधन विधेयकको भाषा मिलाएर भए पनि सहमति गरेर जाने मनसायमा प्रमुख दलहरु रहेका छन् । बैठकमा सहभागी काँग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार मधेसवादी दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच छलफल भएको हो । जति सक्दो छिटो ठोस निष्कर्षमा पुग्ने सहमति भएको उल्लेख गर्दै उनले आजै अपराह्न ३ बजे काँग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुनः काँग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको बताए । काँग्रेससँगको छलफलमा एमाओवादी अध्यक्ष दाहालले लामो समयसम्म मुलुकलाई अप्ठ्यारो अवस्थामा राख्न नहुने भएकाले प्रमुख दलले कुनै न कुनै समाधान निकाल्नुपर्ने र त्यसमा काँग्रेसको सहयोगको अपेक्षा गर्नुभएको थियो । मोर्चाले उठाउँदै आएको सीमाङ्कनका विषयमा फराकिलो आधार तयार पार्दै राजनीतिक समितिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । छलफलमा काँग्रेस र एमाओवादीका शीर्ष नेताको सहभागिता रहेको थियो । अध्यक्ष दाहालले शुक्रबार पनि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा९एमाले०का नेता माधवकुमार नेपाल तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै