नेभिगेशन
अन्य

एउटा बैँकबाट अर्कोमा बिनाचेक भुक्तानी

काठमाडौं । एउटा बैँको खाताबाट अर्को बैकको खातामा चेकबिनै रकम भुक्तानी गर्न सकिने भएको छ । बैँक तथा वित्तीय संसथाको अकाउन्ट पेयी चेकमा विद्युतीय प्रणालीबाट भुक्तानी सेवा दिँदै आएको नेपाल क्लियरिङ हाउसले अन्तरबैँक भुक्तानी प्रणाली सेवासमेत सञ्चालन गर्न लागेको हो । यो सेवा सुरु भएपछि सेवाग्राहीले आफ्नो खाताको रकम अर्को बैँक खातामा सिधैँ भुक्तानी दिन सक्नेछन् । अहिले चेक नै काट्नुपर्ने बाध्यता छ । ‘आइपीएस सेवा सुरु भएपछि ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन्, क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले भने–‘अहिले बैँक तथा वित्तीय संस्थावीच सम्झौता भइरहेको छ, बैशाखसम्म सेवा सुरु गरिसक्छौँ ।’ यो सेवासँगै सर्वसाधारणले साधारण सेयर भर्दा नपरेको रकम पनि सिधै खातामा जम्मा हुनेछ । अहिले आईपीओमा नपरेको रकम सेयर भर्ने व्यक्तिको खातामा जम्मा हुने गरी अकाउन्ट पेयी चेक प्रयोग दिइन्छ । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...