नेभिगेशन
अन्य

भुकम्पपीडित कर्मचारीका लागि उठाइएको तीन करोड गायब

काठमाडौं । वैशाख १२ को विनाशकारी भुकम्पमा मृत्यु भएका निजामती कर्मचारीको परिवारलाई सहयोग गर्न कर्मचारीबाट तीन करोड रुपैयाँ संकलन भयो । ६६ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भयो । तर, बाँकी रकम कता गयो रु कतै विवरण छैन । भुकम्पमा काठमाडौंसहित विभिन्न जिल्लामा २२ निजामती कर्मचारीको मृत्यु भएको छ । मृतक कर्मचारीका आफन्तलाई सहयोग गर्न भन्दै सरकारले प्रत्येक कर्मचारीबाट एक दिनबराबरको तलब उठाएको थियो । सामान्य प्रशासन मन्त्रालयका अनुसार ८० हजार कर्मचारीबाट एक दिन बराबरको तलबस्वरुप झन्डै तीन करोड ५० लाख रुपैयाँ उठाइएको थियो । संकलित रकमबाट मृतक कर्मचारीका आफन्तलाई प्रतिपरिवार तीन लाखका दरले ६६ लाख वितरण गरिएको थियो । बाँकी रकम कहाँ गयो भन्नेबारे मंगलवार बसेको कर्मचारी कल्याणकारी कोष सञ्चालक समितिको बैठटकमा मुख्यसचिव डा. सोमलाल सुवेदीले सोधखोज गरेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...